०६ पुष २०८१, शनिबार

बेलका नगरपालिका ९ मा रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन, बिबाद मिलाउन सर्बदलिय बैठक जारी

कान्छो खवर । सोमबार, मंसिर १७, २०८१

गाईघाट  १७  मंसिर ।

उदयपुरको बेलका नगरपालिका ९ मा भएको उपनिर्वाचनको मतगणना अझै सुरु हुन सकेको छैन । आइतबार राति  देखि उमेदवारका प्रतिनिधिहरु बिच बदर मतको बिषयमा विवाद भए पछी मतगणना रोकिएको थियोे ।

५ सय मत गणना गर्दा झन्डै १७० मत बदर भए पछी विवाद सुरु भएको थियोे ।मतगणना अघि बदर मत कस्तोलाई मान्ने भन्ने बारे उमेदवारका प्रतिनिधि बीच भएको सहमति बिपरित अरु मतहरुलाई पनि जबर्जस्ती बदर गर्ने काम हुन थाले पछी विवाद भएर मतगणना रोकिएको थियोे ।

बिबाद समाधानको लागि सोमबार बिहान सर्बदलिय बैठक बसेर सहमति गर्ने समझदारी भए पछी मतगणना राति देखि नै रोकिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख बिनोद दाहालले बताए ।

उनले सर्बदलिय बैठक बसिरहेको र अब केहि बेरमै सहमति नजीक पुग्न लागेको बताए । उनले ५ सय जति मतगणना भैसकेको बताए । मतगणनाको परिणाम अनुसार नेकपा एमालेका उमेदवार मोहन खड्काले ८५ मत ,माओवादी केन्द्रका भरत घिमिरेले ८० र नेपाली काङ्ग्रेसका नबिन बस्नेतले ५७ मत ल्याएको निर्वाचन कार्यालय जनाएको छ ।

बेलका ९ मा काङ्ग्रेसबाट निर्बाचित वडाअध्यक्ष पदम खड्काको सवारी दुर्घटनामा परि निधन भए पछी रिक्त रहेको अध्यक्ष पदमा आइतबार मतदान भएको थियोे ।३ हजार १ सय ३६ मतदाता रहेको उक्त वडामा १ हजार ८ सय  ८५ मत खसेको थियोे ।

यहाँ कमेन्ट गर्नुहोस्