कान्छो खवर । सोमबार, मंसिर १७, २०८१
गाईघाट १७ मंसिर ।
त्रियुगा नगरपालिका १२ को रिक्त रहेको वडाअध्यक्ष पदमा माओवादी केन्द्रका नबिन कुमार बान्तवा राई भारी मत ल्याएर बिजयी भएका छ्न
सोमबार बिहान घोषणा भएको मत परिणाम अनुसार राईले ९ सय २३ मत ल्याएर बिजयी भएका हुन ।राईका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मी नारायण चौधरीले ६ सय ८ मत ल्याएका छ्न ।त्यसै गरि नेपाली काङ्ग्रेसका उमेदवार सन्जिब काफ्लेले ३ सय ५९ मत ल्याएका छ्न ।
एकीकृत समाजबादीकी निर्मला चौधरीले ३ सय १२ मत ल्याइन भने राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुव पोख्रेलले २ सय २ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । वडाअध्यक्षमा निर्बाचित राईलाई निर्वाचन कार्यालयले आधिकारिक रूपमा बिजय भएको घोषणा गरे पछी माओवादी केन्द्रले अहिले बिजय जूलूस लगाइरहेको छ ।
वडाअध्यक्षमा निर्बाचित राईले वडाबासीको माया र साथले गर्दा आफु वडाअध्यक्षमा बिजयी हुन सफल भएको बताए । म निर्बाचित भएर छोटो अबधिमा धेरै कामहरु गर्न बाकी रहेकोले बिकास निर्माणका कामहरुलाई निरंतरता दिने राईले छोटो प्रतिक्रिया दिएका छ्न ।
वडा नम्बर १२ मा यस अघि भएको निर्वाचनमा राई पराजित भएकोमा यस पटकको भने उनले सफलता पाएका छ्न ।नेपाली काङ्ग्रेसका उमेदवार चुडाराज काफ्ले सङ्ग्र राई पराजित हुन पुगेका थिए । काफ्लेको सडक दुर्घटनामा परि निधन भए पछी आइतबार उपनिर्वाचन भएको हो ।
काङ्ग्रेसले उपनिर्वाचनमा स्व काफ्लेका छोरा इन्जिनियर सन्जिबलाई उमेदवार बनाएको भए पनि उनले पराजय भोग्नु परेको छ । ३ हजार ८ सय ४७ मतदाता रहेको उक्त वडामा २ हजार ५ सय २७ मत खसेको थियोे ।
जिल्लाको बेलका नगरपालिका ९ मा भएको उपनिर्बाचनको मत गणना भैरहेको छ । निर्वाचन कार्यालयले बिहान ७ बजे सम्ममा मत परिणाम आउने जनाएको छ ।