०६ पुष २०८१, शनिबार

त्रियुगा नगरपालिकाको उपनिर्वाचनको मतगणना सुरु , माओवादीका उमेदवारको अग्रता

कान्छो खवर । आइतबार, मंसिर १६, २०८१

गाईघाट  १६  मंसिर ।

त्रियुगा नगरपालिका १२ मा केहि बेर अघि देखि मतगणना सुरु भएको छ ।१०० मत गणना हुदा नेकपा माओवादी केन्द्रका उमेदवार नबिन राई अग्रता लिएका छ्न ।उनले ३४ मत पाएका छ्न ।

दोस्रो स्थानमा  रहेका नेकपा एमालेका लक्ष्मी चौधरीले २४ मत ल्याएका छ्न ।त्यसै गरि नेपाली काङ्ग्रेसका सन्जिब काफ्ले १७ मत ल्याएर तेस्रो स्थानमा छ्न । रास्वपाले ९ , नेकपा समाजबादीले १४ , राप्रपाले १ मत ल्याएको निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

बेलका नगरपालिकामा भने अझै मतगणना सुरु भएको छैन ।अब केहि बेर पछि गणना सुरु हुने तयारी भैरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख बिनोद दाहालले बताए ।

उदयपुरको त्रियुगा १२ र बेलका नगरपालिका ९ मा आइतबार उपनिर्वाचन भएको हो । दुबै वडामा काङ्ग्रेसबाट निर्बाचित वडाअध्यक्षहरुको सवारी दुर्घटनामा परि मृत्यु भए पछी आइतबार उपनिर्वाचन भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्