कान्छो खवर । आइतबार, मंसिर १६, २०८१
गाईघाट १६ मंसिर ।
उदयपुरको त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिका ९ मा वडाअध्यक्ष पदको लागि उपनिर्वाचन भैरहेको छ । बिहान ७ बजे देखि सुरु भएको निर्वाचनमा दिउसो ११ बजे सम्ममा त्रियुगामा १ हजार १ सय मत खसेको निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।उक्त वडामा उपनिर्वाचनको लागि ३ हजार ८ सय ४७ मतदाता रहेका छ्न ।
बिहान जाडोको कारण मतदान गर्न मतदाताको उपस्थिति निकै कम रहेकोमा ८ बजे पछी भने मतदान केन्द्रमा मतदाताको भिड लागेको थियोे ।बिद्यालय भबनमा रहेको मतदान केन्द्रमा ४ वटा मतदान उप केन्द्र रहेको छ ।
बेलका ९ मा अहिले मतदान जारि रहेको छ ।शान्तिपुर्ण तबरमा भैरहेको मतदानमा उक्त केन्द्रमा ६ सय मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।३ हजार १३६ मतदाता रहेको उक्त केन्द्रमा ३ वटा मतदान उपकेन्द्र रहेको छ ।
काङ्ग्रेसबाट निर्बाचित दुबै वडाअध्यक्षको निधन भए पछी अहिले उपनिर्वाचन भैरहेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपि हरिहर नाथ योगीले अहिले शान्तिपुर्ण रूपमा निर्वाचन भैरहेको बताए ।