०६ पुष २०८१, शनिबार

युबा ब्याबसायि कार्की बढी कर तिरेर सम्मानित

कान्छो खवर । बिहिबार, मंसिर ०६, २०८१

गाईघाट  ६ मङ्सिर ।

१३ औं कर दिबसको अबसरमा युवा ब्याबसायि प्रयास कार्की सम्मानित भएका छ्न । सप्ताहब्यापि कार्यक्रमको आयोजना गरि मनाइएको कर दिबसको बिहिवार समापन गर्दै करदाता सेवा कार्यालय गाईघाटले कार्कीलाई सम्मान गरेको हो ।

जिल्लामा कार्कीले सबै भन्दा बढी कर तिरेको , इमानदारी पुर्बक समयमा कर तिरि अरु ब्याबसायिलाई समेत कर तिर्न उत्साहित गरेको भन्दै उनलाई संमान गरिएको सेवा केन्द्र गाईघाटका कर्मचारी रेख मगरले बताए ।

कार्की निरन्तर जिल्लामा सबै भन्दा बढी कर तिरेर सम्मानित हुदै आइरहेका छ्न ।उनि बिगत ३ बर्ष देखि बढी कर तिर्ने ब्याबसायिको रूपमा रहेका छ्न । कार्की संगै करदाता सेवा केन्द्रका कम्प्युटर अपरेटर मदन दाहाललाई समेत नगद सहित संमान गरिएको छ ।कार्यसम्पादन मुल्यांकनको आधारमा दाहाललाई संमान गरिएको हो ।

 

यहाँ कमेन्ट गर्नुहोस्