कान्छो खवर । बिहिबार, मंसिर ०६, २०८१
गाईघाट ६ मंसिर ।
झिंङ्गु नेवा पुच उदयपुरले प्रत्येक दुई बर्षमा गर्दै आएको खाना परिकार महोत्सव आगामी पौष १ गते देखि ८ गते सम्म गाईघाट बजारमा सुरु हुने भएको छ ।
कला , सस्कृति संरक्षण आन्तरिक पर्यटन प्रबर्द्धन , पहुँच , पहिचान र परिकार स्वरोजगार समृद्धिको मुल आधार भन्ने नाराको साथ हुने उक्त महोत्सव बारे बिहीबार आयोजक सस्थाले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
बजारको पिपल चौकमा आयोजना गरिने उक्त महोत्सवमा विभिन्न जनजातिका खाना परिकारको प्रदर्शनी तथा बिक्रीवितरण गरिनुको साथै झाकि तथा नृत्य प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
मेला संचालनको लागि झन्डै २३ लाख रुपैया खर्च हुने र उक्त रकम कोशी प्रदेश सरकार , स्थानिय तहबाट सहयोग लिने गरि तयारी सुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
यहाँ कमेन्ट गर्नुहोस्