१५ पुष २०८१, सोमबार

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु , दुई छोरा गम्भीर रूपमा घाइते

कान्छो खवर । बुधबार, मंसिर ०५, २०८१

गाईघाट  ५ मंसिर  ।

मदन भण्डारी राजमार्ग अन्तरगत त्रियुगा नगरपालिका १३ असारी स्थित बरुवा पुल नजिक  बुधबार साझ भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।साथै अन्य दुई जना गम्भीर रूपमा घाइते भएका छ्न ।

असारी दनुवारी देखि गाईघाट तर्फ आउदै गरेको स १ त ५७४२ नम्बरको ट्याक्टर र बिपरित दिसा तर्फ जादै गरेको प्र .१-०५-००१ प ४२७३ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकल चालक त्रिनपा १३ लक्ष्मीपुरका बर्ष  ४७ का महादेव चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले चौधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा साझ ७ बजे मृत्यु भएको बताएको छ ।मोटरसाइकल पछाडि बसेका  मृतकका छोराहरु बर्ष १५ का दिबाकर र बर्ष १० का कृष्ण चौधरी गम्भीर घाइते भएकोमा जिल्ला अस्पतालमा प्रारम्भिक उपचार पछी थप उपचारको लागि बिराटनगर स्थित न्युरो अस्पतालमा लगिएको छ ।

सडक किनार छेउबाट जादै गरेको मोटरसाइकललाई तीब्र गतिले आईरहेको ट्याक्टरले ठक्कर दिदा दुर्घटना भएको प्रत्यक्षिदर्शिहरुले बताएका छ्न ।

ट्याक्टरको चालक त्रिनपा १२ पुरानो गाईघाटका राजन बोटे र सहचालक अनिल सदालाई प्रहरीले घटना लगतै नियन्त्रणमा लिएको एसपि हरिहर नाथ योगीले बताए ।

मृतकको शब पोस्टमार्टमको लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्