११ पुष २०८१, बिहिबार

दुई फरार प्रतिवादी पक्राउ , फैसला कार्यान्वयनको लागि अदालत पठाईयो

कान्छो खवर । शुक्रबार, कार्तिक ३०, २०८१

गाईघाट  ३० कार्तिक ।

अदालतले  २ बर्ष कैद र ८ लाख ६८ हजार ६ सय   ४५ रुपैया जरिवाना गरेको फरार दुई प्रतिवादी पक्राउ परेका छ्न ।

प्रहरीले लामो समयदेखि फरार रहेका उनिहरुलाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका १२ का बर्ष ५४ का बालसेर राई र त्रिनपा ५ खाडखोलाका बर्ष  ६७का तेजबहादुर राना मगर रहेका छ्न ।

लेनदेन मुद्दामा राईलाई उच्च अदालत बिराटनगरले २०७९/१२ /३ गते २ बर्ष कैद र ५ लाख जरिवाना गर्ने फैसला गरेको थियोे ।त्यसै गरि मगरलाई बन मुद्दामा सर्बोच्च अदालतले २०८०/१/२९ गते ३ लाख ६८ हजार ६ सय ४५ रुपैया जरिवानाको फैसला गरेको थियोे ।

फैसला कार्यान्वयनको लागि शुक्रबार नै जिल्ला अदालत उदयपुरमा उनिहरुलाई पठाइएको एसपि हरिहर नाथ योगीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्