कान्छो खवर । शुक्रबार, कार्तिक ३०, २०८१
गाईघाट ३० कार्तिक ।
रास्ट्रिय प्रजातन्त्र पार्टी उदयपुरले रिक्त वडाअध्यक्ष पदको लागि उमेदवार टुंगो लगाएको छ । त्रियुगा १२ र बेलका नगरपालिका ९ को रिक्त वडा अध्यक्ष पदमा मंसिर १६ गते हुने निर्वाचनको लागि शुक्रबार बसेको पार्टीको बैठकबाट उमेदवार चयन गरिएको अध्यक्ष ध्रुव रायमाझीले बताए ।
त्रियुगा १२ मा ब्यापारी लालबाबु साह र बेलका ९ मा राप्रपाका पुराना कार्यकर्ता टिकाराम शर्मालाई निर्वाचनमा उमेदवार बनाउने निर्णय भएको अध्यक्ष रायमाझीले बताए ।
साह भर्खरै राप्रपा प्रवेश गरेका हुन ।उनले अब राप्रपाको निति र सिद्धान्त अनुसार पार्टीमा बसेर काम गर्ने बताए । त्रियुगा र बेलकामा निर्बाचित वडाअध्यक्षको सवारी दुर्घटनामा परी निधन भए पछी रिक्त रहेको उक्त पदमा निर्वाचन हुन लागेको हो । नेपाली काङ्ग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र नेकपा समाजबादीले यस अघि नै उक्त वडाको अध्यक्षमा चुनाव लड्ने उमेदवारको नाम सार्वजनिक गरिसकेको छ ।