कान्छो खवर । बिहिबार, कार्तिक २९, २०८१
गाईघाट २९ कार्तिक ।
उदयपुरगढिको गेर्खेमा बिहिवार बिहान् भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
उदयपुरगढि गाउपालिका २ केर्सेबाट मालसामन बोकेर ताप्लि गाउपालिका तर्फ जादै गरेको प्र -१-०२-००२ त ९२१ नम्बरको ट्याक्टर बिहान ८.३० बजेको समयमा सडक देखि झन्डै १०० मिटर तल खस्दा गाडीका चालक भोजपुर हतुवागढि गाउपालिका २ का निरज मगरको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान सामन बोकेर हिडेको ट्याक्टर मानसिङटार स्थित वडाकार्यालय देखि केहि पर दुर्घटना भएको गाउपालिकाका अध्यक्ष मानबहादुर केप्छाकि मगरले बताए । उनले घटना लगत्तै प्रहरी टोलि दुर्घटना भएको क्षेत्र पुगेर गाडीका सह- चालकको उद्घार गरेको बताए । घाइते सहचालकको कटारी स्थित अस्पतालमा उपचार भैरहेको उनले बताए ।
ट्याक्टर आफै अनियंत्रित भै दुर्घटना भएको प्रहरीले जनाएको छ ।मृतकको शब पोस्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको छ ।