कान्छो खवर । बुधबार, कार्तिक २८, २०८१
गाईघाट २७ कार्तिक ।
नेकपा समाजबादी पार्टीका केन्द्रिय सचीव एबम त्रियुगा नगरपालिकाका पुर्ब मेयर बलदेब चौधरीलाई मातृशोक परेको छ ।
चौधरीकी आमा घुटनबती चौधरीको बुधबार साझ ८४ बर्षको उमेरमा बिराटनगरस्थित गोल्डेन अस्पतालमा निधन भएको हो । उनलाई आजै अस्पताल भर्ना गरिएको थियोे । कुनै दीर्घ रोग नभए पनि शारीरिक कमजोरी भएकै कारण उनलाई उपचारको क्रममा अस्पतालमा भर्ना गरिएको नेकपा एसका कार्यकर्ता दुर्गा गिरीले बताए ।
खुट्टाको अप्रेसन पछि उनमा कमजोरी देखिएको थियोे , उनले भने ।कमजोरीको उपचार बिराटनगर लगेर गराउदै गर्दा अचानक मृत्यु भएको गिरीले बताए । मृतकको शब अहिले अस्पताल मै रहेको छ । बिहीबार थारु परम्परा अनुसार मृतकको गाईघाट स्थित त्रियुगा नदिमा दाहसस्कार गरिने उनले बताए ।
मृतक चौधरीको २ छोरा र २ छोरी रहेका छ्न ।
यहाँ कमेन्ट गर्नुहोस्