कान्छो खवर । बुधबार, कार्तिक २८, २०८१
गाईघाट २८ कार्तिक ।
नेकपा समाजबादी पार्टीले स्थानिय तह निर्वाचनमा रिक्त रहेको पदको लागि उमेदवारको टुंगो लगाएको छ । बुधबार बसेको पार्टीको बैठकले त्रियुगा नगरपालिका १२ मा हुने वडाअध्यक्ष पदको लागि हुने निर्वाचनमा पार्टीको तर्फबाट बन्ने उमेदवारको टुंगो लगाएको केन्द्रिय सचिव बलदेब चौधरीले बताए ।
उनले त्रियुगा १२ का निर्मला चौधरीलाई वडानम्बर १२ को अध्यक्ष पदमा उमेदवार बनाउने निर्णय भएको बताए । पारिबारिक पृष्ठभुमि काङ्ग्रेस रहे पनि चौधरी केहि अघि सम्म त्रियुगा नगरपालिकामा कर्मचारीको रूपमा कार्यरत थिईन ।
त्यसै गरि बेलका नपा ९ कोलागि भने बिहिवार उमेदवार चयन गरिने चौधरीले बताए ।स्थानिय तह उपनिर्वाचन यही मंसिर १६ गते हुदै छ ।
यहाँ कमेन्ट गर्नुहोस्