०७ पुष २०८१, आइतबार

जिल्ला न्यायाधीश खरेल मुख्य निर्वाचन अधिकृतमा नियुक्त

स्थानिय तह उपनिर्वाचन उदयपुर

कान्छो खवर । सोमबार, कार्तिक २६, २०८१

गाईघाट  २६ कार्तिक ।

जिल्ला न्यायाधीश दीपक कुमार खरेल मुख्य निर्वाचन अधिकृतमा नियुक्त भएका छ्न । निर्वाचन आयोगले खरेललाई सोमबार मंसिर १६ गते हुने स्थानिय तह उपनिर्वाचनकोलागि उदयपुरको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको  हो ।

स्थानिय तह निर्वाचन ऎन २०७३ को दफा ७ बमोजिम निर्वाचन आयोगले सोमबार ३२ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र  ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत नियुक्ति गरेको आयोगका प्रबक्ता नारायण प्रसाद सापकोटाले बताए ।

उदयपुरको त्रियुगा नपा १२ र बेलका नगरपालिका ९ को रिक्त वडाअध्यक्ष पदको लागि मंसिर १६ मा उपनिर्वाचन हुदै छ ।दुबै वडामा काङ्ग्रेसबाट निर्बाचित वडाअध्यक्षहरुको सवारी दुर्घटनामा मृत्यु भए पछी उपनिर्वाचन हुन लागेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्