०७ पुष २०८१, आइतबार

निर्धारित समयमा महाधिवेशन गराउन कार्यकर्ताहरुले नेतृत्वलाई घचघच्याउनु पर्ने : कोइराला

सिर्जन राई शनिबार, कार्तिक २४, २०८१

गाईघाट  २४  कार्तिक ।

नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले  पार्टीको महाधिवेशन निर्धारित समयमा गराउन कार्यकर्ताहरुले नेतृत्वलाई घचघच्याउनु पर्ने बताएका छ्न ।

अब जम्मा जम्मि एक बर्षको कार्यकाल बाकी रहेको छ,निर्धारित समयमा महाधिवेशन भएमा नया बन्ने नेतृत्वले  बिपिको समाजबादको सिद्धान्त बमोजिम पार्टीलाई अघि बढाएर लैजाने उनले बताए ।

नेपाली काङ्ग्रेस त्रियुगा नगरपालिका ११ वडा कमिटीको आयोजनामा सनिवार बिपि आदर्श चोकमा बिपिको सालिक अनावरण कार्यक्रम  पछी अयोजित आमसभामा बोल्दै उनले निर्धारित समयमा महाधिवेशन नभए सबै दोष नेतृत्वलाई लाग्ने उनलेे बताए ।

उनले अब नेपाली जनतालाई निरासा र अन्याय हुन नदिन आफुले भरोसा दिलाउन चाहेको बताए । आफू नेतृत्वमा आउन चाहेको बारे केहि नखुलाई अब बन्ने नया नेतृत्वले ठुला ठुला आश्वासन नदिने बरु शिक्षा , स्वास्थ र किसानको हितमा काम गर्ने बताए ।

संविधान संशोधनको बारे बोल्दै कोइरालाले सबै दलहरुलाई साथमा लिएर मात्र संविधान संशोधन गरिने बताए । राजनैतिक दलको साथ र उनिहरु सङ्ग सहकार्य गरेर मात्र संविधान संशोधनको काम अघि बढने उनले बताए ।

कोइरालाले देश अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेकोेले दुई पार्टीबीच सरकार चलाउन मिलेर अघि बढेको बताए ।हामी सिहदरबारमा राज गर्न गएको होइनौं , सरकारको काम कार्बाहि प्रभावकारी होस र मुलुकले गति लिन सकोस् भनेर नै सरकारमा गएको उनले बताए ।

कोइरालाले आफुलाई बिरोधि पार्टीबाट कुनै डर नभएको बरु आफनै पार्टीबाट डर लागेको बताए ।कमिकजोरी गरेका छौ भने हामीलाई खबरदारी गर्नुस्, हामीले गरेको गलत काममा  समयमा औंला उठाउनुस हामीलाई त्यसो गर्नु भएन भने नेतृत्वमा बस्नेहरुमा दम्भ बढेर जाने कोइरालाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्