०६ पुष २०८१, शनिबार

मृग भनेर गोलि चलाउदा ……

कान्छो खवर । शुक्रबार, कार्तिक २३, २०८१

गाईघाट  २३ कार्तिक  ।

सिकार खेल्ने क्रममा साथीले चलाएको बन्दुकको गोलि लागेर खोटाङमा एक जनाको मृत्यु भएको  छ । जिल्लाको केपिलासगढि गाउपालिका १ फेरिस्थित पिपिङका ५८ बर्षिय जगतप्रसाद राईको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

हात्तिढुङे जङ्गलमा रातको समयमा चोरी सिकारको लागि गएका राईलाई आफु संगै गएका २५ बर्षिय चेतन राईले झुक्किएर भरुवा बन्दुकबाट गोलि प्रहार गरेका थिए । मृग भनेर हानेको गोलि जगतको छातिमा लागेको थियोे । अत्याधिक रक्तस्रावको कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चेतनले मृग भनेर हानेको गोलि साथीलाई लागेको प्रहरीलाई बयानमा बताएका छ्न । घटना पछि बन्दुक छाडि भागेका उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक सन्जु कार्कीले बताए ।

मृतक र राई  दुबै जना चोरी सिकारी रहेको खुल्न आएको छ ।उनिहरु संगै जंगली जनाबरको सिकारमा हिड्ने गरेको गाउलेहरुले बताएका छ्न ।

प्रहरीले शबको जिल्ला अस्पताल दिक्तेलमा पोस्टमार्ट्म गरि आफन्तलाई जिम्मा दिएको प्रहरीले जनाएको छ ।प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्