कान्छो खवर । बिहिबार, कार्तिक २२, २०८१
घरको छतमा पोखरी निर्माण गरेर गाईघाट स्थित एक घरमा ब्रतालु सुर्यलाई अर्घ दिदै
गाईघाट २२ कार्तिक ।
अस्ताउदो सुर्यलाई अर्घ दिएर बिहिवार छैठ पर्ब उदयपुरमा मनाइएको छ ।सदरमुकाम गाईघाट , बेल्टार , कटारी रामपुर , मुर्कुचि लगाएतमा छैठ पुजा निकै धुमधामको साथमा मनाइएको छ ।
खोला नदि र पोखरीमा जम्मा भएर श्रदालु भक्तजनहरुले अस्ताउदो सुर्यको पुजाआज गरि छैठ पर्ब मनाएका छ्न । गाईघाट स्थित त्रियुगा नदि किनारमा सामुहिक रुपमा ब्रतालुहरुले पुजा गरेर यो बर्षको छैठ पर्ब मनाएका छ्न । यो बर्ष गत बर्ष भन्दा बढी भक्तजनले पुजा गरेको पुजा आयोजक समितिले जनाएको छ ।
आयोजक समितिले भक्तजनको लागि बस्ने टहराको समेत ब्यबस्था गरेकोले राति जाग्राम बस्न निकै सहज भएको ब्रतालु भक्तजनहरुले बताए । खोला र पोखरीको अलावा घरको छ्तमा पोखरी निर्माण गरेर समेत ब्रतालुहरुले छैठ पुजा गरेका छ्न ।
यहाँ कमेन्ट गर्नुहोस्