०७ पुष २०८१, आइतबार

नेकपा माओवादीले त्रियुगा र बेलका नगरपालिकामा हुने उपनिर्वाचनकोलागि उमेदवारको नाम टुंगो लगायो

कान्छो खवर । बिहिबार, कार्तिक २२, २०८१

गाईघाट  २२  कार्तिक  ।

नेकपा माओवादी केन्द्र उदयपुरले  मङ्सिर  १६ गते हुने स्थानिय तह उपनिर्वाचनको लागि उमेदवारको टुंगो लगाएको छ । त्रियुगा र बेलका नगरपालिकाको रिक्त २ वडा अध्यक्ष पदको लागि पार्टीले बुधबार उमेदवारको नाम टुंगो लगाएर अनुमोदनकोलागि प्रदेश कमिटीमा पठाएको छ ।

पार्टीले त्रिनपा १२ को रिक्त अध्यक्ष पदमा नबिन राईलाई पुन अध्यक्ष पदमा सिफारिस गरेको हो ।उनि यस अघि २०७९ को स्थानिय तहको निर्वाचनमा माओवादीको तर्फबाट उमेदवार भै सोही वडामा पराजित भएका थिए । उनलाई काङ्ग्रेसका चुडामणि काफ्लेले पराजित गरेका थिए ।

काफ्लेको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भए पछि रिक्त भएको अध्यक्ष पदमा निर्वाचन हुन लागेको हो ।

बेलका नगरपालिका  ९ वडाको अध्यक्ष पदमा माओवादीले भरत घिमिरेलाई उमेदवार बनाउने निर्णय गरेको छ ।घिमिरेको नाम अनुमोदनकोलागि प्रदेशमा सिफारिस भएको माओवादी केन्द्रका नेता बिमल किरातीले बताए ।

नेपाली काङ्ग्रेस बाट निर्बाचित वडा अध्यक्ष पदम खड्काको गत बर्ष मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियोे ।उक्त पदमा पुन निर्वाचन हुन लागेको हो ।।

नेता राईले उमेदवार चयनमा कुनै विवाद नभएको र सर्बसम्मत छनौट भएकोले सिफारिस गरिएको ब्यक्तिको नाममा नै  टिकट आउने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्