०६ पुष २०८१, शनिबार

छठपर्बको लागि सम्पुर्ण तयारी पुरा , त्रियुगा नदिलाई बेहुली झै श्रृङ्गारीयो

कान्छो खवर । बुधबार, कार्तिक २१, २०८१

गाईघाट   २१ कार्तिक ।

यो बर्ष पनि छैठ पर्ब भब्यरुपमा मनाउनको लागि आयोजक समितिले सम्पूर्ण तयारी पुरा गरेको छ ।त्रियुगा नदि किनारमा बर्सेनि मनाउदै आएको छ्ठ पुजाको लागि तयारी पुरा गरेर बुधबार देखि घाट वितरण सुरु गरिएको छ्ठ पुजा आयोजक समितिका सल्लाहकार खेमनारायण यादवले बताए ।

उनले गोला प्रथाको माध्यमबाट सबै ब्रतालुको लागि घाट बितरण गरिएको बताए ।छैठ पुजा गरिने स्थान त्रियुगा नदिको दुबै तर्फ ब्यबस्थित रूपमा घाटको निर्माण गरिएको बताए ।

नदि किनारमा पहिले प्रबेशद्वार निर्माण गरिएको छ भने ब्रतालु भक्तजनको लागि बस्न बासको टहरा निर्माण गरिएको छ ।

यो बर्ष ६ सय भन्दा बढी भक्तजनले छैठ पुजाकोलागि घाट माग गरेको उनले बताए । बर्सेनि छैठ पुजा गर्ने भक्तजनको संख्यामा वृद्धि हुदै गइरहेको छ, पहिले तराईमुलका भक्तजनले मात्र मनाउने यो पर्ब अहिले पहाडीमुलका भक्तजनले मनाउने गरेको उनले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्