१२ पुष २०८१, शुक्रबार

पौडी खेल्ने क्रममा नदिमा डुबेर उदयपुरमा एकको मृत्यु

कान्छो खवर । शुक्रबार, कार्तिक १६, २०८१

गाईघाट   १६    कार्तिक ।

पौडी खेल्ने क्रममा नदिमा डुबेर शुक्रबार दिउसो एक जनाको मृत्यु भएको छ । उदयपुरको उदयपुरगढि गाउपालिका स्थित बलान खोलामा पौडी खेल्दै गर्दा गढि गाप ७ आल्टारका खडगबहादुर मिरिङचिङ मगरको दिउसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर देखि केहि पर रहेको नदिमा मगर गर्मी भएर नुहाउन गएका थिए । उनि नुहाउने क्रममा गहिराईमा परेर डुबेका थिए । डुबेर मृत्यु भए पछि उनको शब पानी माथी तैरिरहेको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र शब पोस्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको एसपि हरिहरनाथ योगीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्