कान्छो खवर । बुधबार, कार्तिक ०७, २०८१
गाईघाट ७ कार्तिक ।
जिल्ला प्रहरी कार्यालयले पछिल्लो तीन महिनाको अबधिमा ६० जना फरार प्रतिबाधि पक्राउ गरेको छ । कार्यालय प्रमुखको रुपमा एसपि हरिहर नाथ योगी सरुवा भएर आएपछि फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उदेश्य अनुसार फरार प्रतिबाधि खोजीमा प्रहरी सक्रियता बढाइएकोले ति प्रतिबाधि पक्राउ परेको हो ।
पक्राउ गरिएका ति प्रतिबाधिहरुबाट जरिवाना असुल उपर गरि फैसला कार्यान्वयनकोलागि जिल्ला अदालत उदयपुर पेश गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट ५ बर्ष २ महिना २५ दिन कैद र १ करोड ८९ लाख १ सय रुपैया जरिवाना बापत राजस्व असुल भएको एसपि हरिहर नाथ योगीले बताए ।
जिल्ला अदालतले विभिन्न मितिमा गरेको फैसला अनुसार फरार सुचीमा रहेका उनिहरुलाई खोजतलास गरेर पक्राउ गरिएको उनले बताए ।पक्राउ परेकाहरु मध्ये लागूऔषध मुद्दामा १४, कुटपिटमा ७, गालि बेइज्जतमा ६ , सार्वजनिक अपराधमा ६ , सवारी ज्यानसम्बन्धी मुद्दामा ५ , बनमुद्दा ५ , चेक अनादर ४ , अभद्र व्यबहार २ , चोरी २ ,डाका २, मानाचामल २ , ज्यान मार्ने उधोग १ , भवितव्य ज्यान मुद्दामा १ , जुवा १ , जारी मुद्दा १ र लेनदेनमुद्दामा १ जना रहेको प्रहरीले जनाएको छ ।