कान्छो खवर । शनिबार, आश्विन २६, २०८१
गाईघाट २६ असोज ।
पहिरो हटाउने काम सकिए पछि सिद्धिचरण राजमार्ग अन्तरगत कटारी – घुर्मी सडक खण्ड सनिवार देखि सुचारु भएको छ । सडक अबरुद्धको कारण बीच सडकमै जाममा परेका सैयौ सवारी साधन गन्तव्य तर्फ लागेका छ्न ।
कटारी नगरपालिका १४ स्थित भदौरेमा शुक्रबार बिहान गएको सुख्खा पहिरोको कारण उक्त राजमार्ग अबरुद्ध भएको थियो । सडक अबरुद्धले दशैमा टीका लगाउन गन्तव्य हिडेका यात्रुहरु बिचल्लीमा परेका थिए ।
मिर्चैया – कटारी – घुर्मी सडक आयोजना कार्यालयका प्रमुख डिइ पशुपति ज्ञवालीले रात भर लगाएर पहिरो हटाउने काम भएकोले बिहान देखि अबरुद्ध सडक खुलेको बताए । पहिरो हटाउदै गयो , माथिबाट निरन्तर खस्ने क्रम नरोकिएकोले बाटो खुलाउन धेरै समय लागेको उनले बताए ।
उनले सडक डिभिजन कार्यालय हर्कपुरबाट केहि ह्याभि इकुपमेन्ट लिएर काम गरेकोले बाटो खोल्न सकिएको बताए । निरन्तरको बर्षा रोकिए पछी उक्त सडक खण्डमा सुख्खा पहिरो गएको हो । पहिरोले झण्डै २ सय मिटर सडक पुरिएको डिइ ज्ञवालीले बताए ।