२४ चैत्र २०८१, सोमबार

निर्वाचनको अघिलो दिन सम्म अमेरिकी सेना नेपाल आए रुखमा भोट नहाल्न आग्रह : महामन्त्री शर्मा

कान्छो खवर । सोमबार, फाल्गुण ३०, २०७८

२९ फाल्गुन उदयपुर । नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले निर्वाचनको अघिलो दिन सम्म अमेरिकी सेना नेपाल आए जनतालाई रुखमा भोट नहाल्न आव्हान गर्नु भएको छ ।

“घर घर जाउँ, काँग्रेस जिताऔं” राष्ट्रव्यापी अभियानको उद्रघाटन गर्न उदयपुर आईपुग्दा यस्तो बताउनु भएको हो । एमसीसीको बारेमा कम्निष्टहरुले छरेको भ्रमलाई प्रष्ट्याउनकोलागी महामन्त्री शर्माले यो कुरा भन्नु भएको हो ।

चुनाव लक्षित राष्ट्रव्यापी नेपाली कांग्रेसको आज बाट सुरु भएको “घर घर जाउँ, काँग्रेस जिताऔं”अभियानलाई सफल बनाउन महामन्त्री शर्माले सबैमा निर्देशन दिनु भएको छ । नेपाली कांग्रेस उदयपुरका जिल्ला सभापती हिमाल कार्कीको अध्यक्षतमा सम्पन्न भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा महामन्त्री शर्माले झिनामसिना र औपचारिक कार्यक्रममा नअल्झी चुनाव लक्षित अभियानलाई सफल र सार्थक बनाउन पार्टी पंक्तिलाई एकीकृत ढंगले लाग्न आह्वान गरे ।

स्थानीय निर्वाचनमा उदयपुरका सबै पालिका र वडामा पार्टीलाई जिताउन एकीकृत शक्ति देखाउन जरुरी रहेको उहाँले बताउनु भयो । पार्टीका सबै तह-तप्का नेताहरु अभियानमा लाग्नुस्, पार्टीलाई जिताउन टोल-टोल, गाउँ-गाउँमा हिंड्नुस्, महामन्त्री शर्माले भने । एकीकृत स्पिरिटका साथ अब स्पीड बढाउनैपर्छ, अल्मलिएर हुँदैन । उहाँले आज बाट सुरु भएको यो कार्यक्रमले उर्जा दोव्वर हुने बताउनु भयो ।

हामी राष्ट्रकै पुरानो पाटी भएकोले यो कार्यक्रम मार्फत हामी रुख छापमा भोट हाल्नुस मात्र भन्दैनौ, जनताले पाएको अधिकारलाई प्रयोग गर्नुहोस भन्ने सिकाउन पनि हामी घर घर जादैछौ । नेपाली काँग्रेसले गरेका राम्रा कामको प्रचार उचित रुपमा हुन नसकेको भन्दै यो अभियानका क्रममा जनतालाई बुझाइ देशभर काँग्रेसमय वातावरण सिर्जना गर्न हरेक स्थानीय नेता कार्यकर्तालाई जागरुक भएर लाग्न उहाँले आह्वान गर्नु भयो ।

यता गठबन्धनका बारेमा, केन्द्रिय प्रतिनिधहरु १ महिना पश्चात जिल्ला बाट केन्द्र फरके पछि आएका सुझावलाई मध्यनजर गरेर केन्द्रिय कमिटको बैठकले टुगों लगाउने बताउनु भयो ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य लक्ष्मी परियार, केन्द्रिय सदस्य नारयण कार्की, केन्द्रिय प्रतिनिध तथा केन्द्रिय सदस्य प्रदिप कुमार सुनुवार, प्रदेश १ का सहमहामन्त्री विनोद बस्नेत, पार्टीका निवर्तमान सभापति बिदुर बस्नेत, पूर्व पार्टी सभापति अर्जुन खड्का लगायत पार्टीका क्षेत्रिय सभापति द्धय राम कुमार राई, खगेन्द्र राईले आफनो विचार व्यक्त गर्नु भएको थियो ।

पार्टी सभापति हिमाल कार्कीले अभियानलाई सफल र सार्थक बनाउन पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्