१२ पुष २०८१, शुक्रबार

सुख्खा पहिरोको कारण कटारी – घुर्मी सडक अबरुद्ध , यात्रीहरु बीच बाटैमा अलपत्र

कान्छो खवर । शुक्रबार, आश्विन २५, २०८१

कटारी  २५  असोज  ।

सिद्धचरण राजमार्ग अन्तरगत कटारी – घुर्मी सडक खण्ड अबरुद्ध भएको छ ।शुक्रबार बिहान गएको सुख्खा पहिरोको कारण बिहान देखि राजमार्ग अबरुद्ध भएको हो ।

उक्त सडक खण्डको कटारी नगरपालिका १४ स्थित भलुवायिमा बिहान  ५ बजे तिर  ठुलो सुख्खा पहिरो जादा सडक पुर्ण रूपमा अबरुद्ध भएको कटारी – घुर्मी सडक योजना कार्यालयका प्रमुख डिई पशुपति ज्ञवालीले बताए ।

आज बिहान ठुलो पहिरो गएको रहेछ  , उनले भने ।पहिरो हटाउन प्रहरी र सडकको प्राबिधिकको टोलिबाट काम भैरहेको छ ।हर्कपुर स्थित सडक डिभिजन कार्यालय सङ पनि समन्वय गरेर काम भैरहेको उनले बताए ।

सुख्खा पहिरो झरेर झन्डै २०० मिटर सडक पुरिएकोले तत्काल पहिलो हटाउन समस्या भएको उनले बताए । निरन्तरको बर्षा पछी मौसममा सुधार आए संगै सुख्खा पहिरो गरेको उनले बताए  ।यो सडक खण्डमा यति ठुलो पहिरो कहिले नगएको उनले बताए ।

पहिरोले सडक अबरुद्ध भए पछी अहिले खोटाङ ,ओखलढुंगा र सोलुखुम्बु जाने तथा तराई भेग आउने सयौं सवारी साधनहरु बीच सडकमा रोकिएको कारण यात्रीहरु बीच बाटैमा अलपत्र परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्