११ पुष २०८१, बिहिबार

खोटाङको सुन्तले र धाप्लाङ जोड्ने झोलुङ्गे पुलको मर्मत सम्भार पछी आबगमन सुचारू

कान्छो खवर । बुधबार, आश्विन २३, २०८१

फोटो : शलिकराम बन्जाडा

गाईघाट  २३ असोज  ।

बाढीले क्षतिग्रस्त धाप्लाङस्थित सुनकोशीको झोलुंगे पुल मर्मत सम्भार पछी सन्चालनमा आएको छ । असोज  १२ गतेको अविरल बर्षा पछी कोशीमा आएको भीषण बाढीले पुलको लठ्ठा सहित तारजाली बगाए पछी झोलुंगे पुल हुदै उदयपुर र खोटाङ दुबै तर्फ आबतजाबत बन्द भएको थियोे  ।

स्थानिय बासिन्दाको श्रमदान  र  बराहपोखरी गाउपालिका खोटाङको आर्थिक सहयोगमा  दुई दिन लगाएर पुलको मर्मत सम्भार  भए पछी सोमबार देखि  झोलुङ्गे पुल हुदै आवगमन सुचारू भएको गाउपालिकाका अध्यक्ष शालिकराम बन्जडाले बताए ।

बराहपोखरी २ सुन्तले र उदयपुरको धाप्लाङ जोड्ने उक्त  झोलुङ्गे पुल हुदै  दुबै जिल्लाका सर्बसाधारण पैदल तथा मोटरसाइकल  मार्फत आबतजाबत गर्दै आउने गरेका छ्न । कोशीमा पुल नहुदा अहिलेसम्म हिंडडुलको लागि झोलुङ्गे पुलमा नै  स्थानिय निर्भर हुदै आएका छ्न ।

 

यहाँ कमेन्ट गर्नुहोस्