११ पुष २०८१, बिहिबार

डिभोर्स गर्दा समेत धर नपाए पछी हत्या गरे : अभियुक्त तामाङ

कान्छो खवर । बुधबार, आश्विन २३, २०८१

गाईघाट  २३  असोज  ।

सम्बन्धविच्छेद भैसकेको श्रीमतीले सताउन थाले पछि रिसको झोकमा पुर्ब पतिले पुर्ब पत्नीको हत्या गरेको खुलेको छ । त्रियुगा नगरपालिका ६ जलजलेमा मंगलबार साझ ६. १५ बजे भएको हत्या काण्डमा  पुर्ब पत्नीबाट पटकपटक आर्थिक माग आउन थालेको झोकमा उनैको पुर्ब पतिबाट हत्या भएको प्रहरीले जनाएको छ ।

वडा कार्यालय नजिकै चिया नास्ताको पसल चलाएर बसेकी २८ बर्षिया प्रमिला तामाङको उनकै पुर्ब पति ३६ बर्षिय जङ्ग बहादुर तामाङबाट हत्या भएको थियो  ।  प्रमिला सङ भएको विवाद पछी तामाङले खुकुरी प्रहार गरि घाटि काटेर हत्या गरेका थिए  ।  तामाङले घाटि हातमा लिएर बजार  घुमी रहेको बेला प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरे लगत्तै तामाङले डिभोर्स गर्दा समेत आफुले धर नपाएको  हत्या गर्नु परेको प्रहरीलाई बताए जलजले चौकीका इन्चार्ज प्रहरी सइ घनश्याम पोख्रेलले बताए  ।

उनले आफुलाई श्रीमतीले निकै दुख दिने गरेको र पटकपटक पैसा माग्ने गरेको बताएका थिए  । पुर्ब पत्नीबाट  आजित भएर नै तामाङले हत्या गरेको बताएको पोख्रेलले बताए ।

उदयपुरको ताप्लि गाउपालिका ४ लखनडाडा घर भएका जङ्ग बहादुर  र प्रमिलाको २ बर्ष अघि सम्बन्धविच्छेद भएको प्रहरीले जनाएको छ ।  दुबै बीच सम्बन्धविच्छेद भए पछी २ छोराको पढाइ खर्च बापत मासिक १२ हजार रुपैया जङ्ग बहादुरले दिनुपर्ने सहमति भए अनुसार ऊनी पुर्ब पत्नीलाई रकम बुझाउन गाईघाट आउने गरेका थिए । उनि भारतमा रोजगारी गर्दै आएका छ्न ।

प्रमिला पनि दुई जना छोरालाई पढाउनको लागि जलजलेमा कोठा भाडालिएर  खाजा पसल सन्चालन गर्दै आएकी  छिन । उनको  ६ र ८ बर्षको छोरा छ्न ।

असोज  १३ गते भारतबाट खर्च  दिन भन्दै  जङ्ग बहादुर  प्रमिलाको कोठामा आएको प्रहरीले जनाएको  छ ।  उनि पुर्ब पत्नी संगै बस्ने गरेको पनि खुल्न आएको छ ।

प्रहरीले अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको  एसपि हरिहर नाथ योगीले बताए  ।

 

यहाँ कमेन्ट गर्नुहोस्