०६ पुष २०८१, शनिबार

उदयपुर सिमेन्टको किल बोकेको भारतीय ट्रेलर चुरेमा दुर्घटना

कान्छो खवर । शुक्रबार, आश्विन १८, २०८१

जलजले  १८  असोज  ।

उदयपुर सिमेन्ट उधोगको किल बोकेर  भारतबाट आउदै गरेको ट्रेलर  शुक्रबार बिहान  दुर्घटनामा परेको छ ।

भारतको  कलकत्ताबाट २ वटा सेल “किल ” बोकेर  आउदै गरेको cgo7 aa9207 नम्बरको ट्रेलर गाडी  कदमाहा- गाईघाट सडक खण्डको चुरे जंगलको मन्दिर मुन्तिरको मोडमा दुर्घटना भएको ट्राफिक हवलदार शम्भु थापाले बताए ।

उनले ओरालो नजीकको घुम्तीमा गाडीको पाङ्ग्रा सडक छेउमा फसेर गाडी दुर्घटनामा परेको बताए ।  गाडीमा लोड गरिएको सामान सडकमा झरेर भाचिएको तर कुनै मानवीय क्षति नभएको उनले बताए ।

भारतबाट  आएको उक्त ट्रेलर प्रहरीले दुई दिन देखि सडक सागुरो भएको कारण देखाउदै रोकेर राखेको थियोे  ।   सामान बोकेर आएको ट्रेलर उक्त सडक खण्डमा चल्न समस्या हुने भन्दै प्रहरीले रोकेर राखेको सिमेन्ट कारखानाका अधिकृत प्रथम लाल चौधरीले बताए  ।

दुई वटा ट्रेलरमा ३ थान किल बुधबार नै आएको थियोे , एउटा ट्रेलरले बोकेर ल्याए  १ थान किल बिहिवार नै  सिमेन्ट कारखानामा  झारिएको चौधरीले बताए ।  सडक सागुरो र उकालो भएकोले उक्त गाडी  चल्न कठिन हुने भन्दै प्रहरीले रोकेर राखेको  तर शुक्रबार भने  गाडी छोडिदिएको उनले  भने ।

झन्डै   ६ करोड मुल्यको उक्त किल टेन्डर मार्फत काठमाडौ स्थित टेक्निकल सोलुसन प्रालिले उद्योगकोलागि भारतबाट खरिद गरि ल्याएको चौधरीले बताए  ।

यहाँ कमेन्ट गर्नुहोस्