कान्छो खवर । शुक्रबार, आश्विन १८, २०८१
गाईघाट १८ असोज ।
त्रियुगा नगरपालिकाले नदिजन्य पदार्थको उत्खनन तत्काल नखोले नेकपा एकीकृत समाजबादीले शसक्त प्रतिरोधको आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
समाजबादीले शुक्रबार मेयर बसन्त बस्नेतलाई ज्ञापनपत्र बुझाउदै उक्त चेतावनी दिएको हो ।२०८१ मा नगपालिका आफैले बनाएको ऐन कानुन बिपरित नदिजन्य पदार्थको उत्खननमा रोक लगाएको कारण नगर भित्रका भौतिक पुर्बधार निर्माणको काम प्रभावित भएको ज्ञापनपत्रमा उल्लेख छ ।
नदिजन्य पदार्थको उत्खननमा रोक लगाउदा ब्याबसायि र ढुङ्गा गिटी बालुवा चालेर जिबिका निर्बाह गरिरहेका ज्यामी मजदुरहरु मारमा परेकोले तत्काल नदिजन्य पदार्थको उत्खनन र बेचबिखनको ब्यबस्था गर्न माग गरिएको छ ।
नदिजन्य पदार्थको उत्खनन र बिक्रीवितरण असोज महिना देखि नै खुला हुने गरेकोमा नगरपालिकाले समयमा बाताबरण प्रभाव मुल्यांकन नगरेकोले अहिले सम्म ढुङ्गा , गिट्टी र बालुवाको उत्खनन र बिक्रि वितरण हुन सकेको छैन । तीन महिना देखि बन्द रहेको नदिजन्य पदार्थको बिक्रीवितरण र उत्खनन हुन नसक्दा ब्याबसायि र सो पेसा सङ आबद्ध मजदुर र ज्यामीहरु समस्यामा परेका छ्न ।