०८ पुष २०८१, सोमबार

लेनदेन विवादमा भारतीय नागरिकको हत्या

नमिता राई मंगलबार, फाल्गुण १०, २०७८

गाईघाट १० फागुन
उदयपुरको कटारी नगरपालिका-८ श्रृष्टी जंगलमा फागुन ७ गते सडेगलेको अवस्थामा भेटीएको शवको पहिचान खुल्नुको साथै हत्या गरी शव जंगलमा फालेको पुष्टी भएको छ । जंगलमा बेवारीसे अवस्थामा भेटीएको शव भारत को राजस्थान का ५० वर्षिय राम किसन मिणा भएको खुले सँगै उनलाई हत्या गर्ने कटारी नगरपालिका-बेलसोतका २८ बर्षिय कमल थापा भनिने कमल विक लाई प्रहरीले पक्राउ गरेको छ ।

विकले मिणा लाई माघ २५ गते घाटीमा डोरीले कसेर हत्या गरेको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकृत एसपि नविनराज राईले बताए। मोरङको कानेपोखरी गाउपालिका र पथरी शनिश्चरे नगरपालिका विचको दास खोलामा निर्माणधिन पुलमा पाथलिङ मेशिनको काम गर्दै आएका भारतिय नागरिक मिया माघ २६ गते देखि हराईरहेका थिए । उनी परिवारको सम्र्पकमा नआएपछि आफन्तले इलाका प्रहरी कार्यालय पथरीमा लिखित निवेदन दिएका थिए ।

प्रहरीले खोज तलासको क्रममा मिणाको हत्या भैसकेको तथ्य पत्ता लगाए पछि उनी संगै काम गर्ने विक लाई सोमवार पक्राउ गरेको हो । विकले पनि आफुले मिणाको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकाछन् । “लेनदेनको विषयमा बादविवाद हुदा विकले हत्या गरेका रहेछन् ”। एसपि राईले भने । हत्या पछि शव लाई कटारीको जंगलमा कसैले नदेख्ने गरी विकले फ्याकेको एसपि राईले भने । जंगलमा घाँस दाउरा र बस्तु चराउनेहरुले दुर्गन्धित अवस्थामा शव देखे पछि प्रहरीले अनुसन्धान थालेको उनले बताए ।
हत्या यसरी भएको रहेछ।

पुलको ठेक्का गर्ने विक र मृतक मिणा विच पुलको पिलरको जग खन्ने मेसीन ल्याई कामकाज गर्ने भनी आपसी संझौता भएको रहेछ। उनीहरु दुवै जना दास खोलामा डेढ महिना देखि संगै काम गर्दै आएको थियो । गत माघ २३ गते उनीहरु विकको विरगजमा रहेको अर्को साइड(काम) हेर्न भनी गएका थिए । मृतक मिणाले प्रयोग गर्दै आइरहेको BR -01-5697 नम्बरको भारतिय गाडी बाट साइड हेरेर फर्कने क्रममा माघ २५ गते विकको घर कटारी तर्पm जादै गर्दा लेनदेनको विषयमा दुवै विच गाडी भित्रै विवाद भएको थियो । विवादकै क्रममा मदिरा सेवन गरी मातेका विकले रिसको आवेगमा आएर मिणाको घाटीमा केवल तारको डोरीले कसेर हत्या गरेका थिए ।

हत्या पछि शव लाई जंगलमा फ्याकेर विकले उक्त गाडी भारतिय बजार भिमनगर लगी वेवारीसे अवस्थामा छोडेर पथरी आएका थिए । एसपि राईले सामान लिन भनी दुवै जना संगै गएको तर फर्कदा विक मात्र एक्लै फर्किएको भन्ने अन्य व्यक्तीहरु संगको सोधपुछको क्रममा पत्ता लागेपछि प्रहरीले विक माथी अनुसन्धान शुरु गरेको बताए । प्रहरीले विक लाई पक्राउ गरेर सोधपुछ गरेपछि हत्याको रहस्य वाहीरीएको उनले वताए । विकले आफुले हत्या गरेको स्वीकार गरेपछि इलाका प्रहरी कार्यालय कटारी संग समन्वय गरी मृतकका परिवार लाई शवको सनाखत गराउदा मिणाको शव भएको पुष्टी भएसंगै विक लाई थप अनुुसन्धान तथा कानूनी कार्यवाहीको लागी कटारी प्रहरी लाई बुझाएको एसपि राइले भने ।

यहाँ कमेन्ट गर्नुहोस्