कान्छो खवर । बुधबार, आश्विन १६, २०८१
गाईघाट १६ असोज ।
भारतीय चलचित्रका प्रसिद्ध अभिनेता गोबिन्दा गोलि लागेर घाइते भएका छ्न । आफु सङ रहेको लाइसेन्स प्राप्त रिभल्बर सफा गर्ने क्रममा मंगलबार बिहान ४: ४५ बजेको समयमा मिस फायर हुदा उनि घाइते भएको भारतीय सन्चार माध्यमहरुले जनाएको छ ।
कलकत्तामा रहेकी श्रीमती भेट्न आउन लागेका उनको दाहिने खुट्टाको घुडामा गोलि लागेको थियोे । उनलाई तत्काल अस्पताल लगिएको र शल्यक्रिया गरेर गोलि निकालिएको आजतकले जनाएको छ ।
उनको अबस्था अहिले सामान्य रहे पनि आइसियुमा राखेर उपचार भैरहेको छ । गोबिन्दाले भ्वाइस म्यासेज जारी गर्दै आफ्नो सामान्य गल्तीबाट गोलि चलेको र आफु खतराबाट बाहिर रहेकोे उल्लेख गरेका छ्न । उनले भगवान , चिकित्सक , आमा बुबा र सबैको आशीर्वादले सकुशल रहेको बताएको आजतकले उल्लेख गरेको छ ।
मुम्बई प्रहरीले उनको रिभल्बर नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।