०८ पुष २०८१, सोमबार

नोबेल अस्पतालमा ढाडको नसा च्यापिएको समस्याको दुरविनकोे माध्यमबाट सफल शल्यक्रिया

नमिता राई आइतबार, माघ २३, २०७८

गाईघाट २३ माघ ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमो ढाडको नसा च्यापिएको एक विरामीको दुरविनकोे माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको छ । ढाडको नसा च्यापिएर उपचा गराउन आएका आएका झापाको विर्तामोड नगरपालिका–४ का ४८ बर्षीय पेलेङ सिंह धिमालको शुक्रवार गरिएको शल्यक्रिया मौफसलमै पहिलो पटक भएको हो ।


नोबेल अस्पतालको न्यूरो विभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले धिमालको शल्यक्रिया गरेको अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले बताऐ । काठमाडौं बाहिर पहिलो पटक दुरविनको माध्यमबाट यस्तो शल्यक्रिया भएको बरिष्ठ न्यूरो सर्जन डा.काफ्ले बताए । ‘मेरुदण्डमा नसा च्यापिदा सामान्य अवस्थामा औषधी दिने गरिन्टछ, अप्रेशन गर्नुपर्ने भएमा प्रायः चिरेर गरिन्छ । तर, दुरविनको माध्यमबाट ढाडको नसा च्यापिएको अप्रेशन कमै हुन्छ ।’ डा.काफ्ले भने, ‘काठमाडौं बाहिर पहिलो पटक हामीले यस्तो अप्रेशन सफलतापूर्वक गरेका हौं, यसअघि मोफसलमा यस्तो अप्रेशन भएको थिएन ।’


धिमालको ढाडमा सानो प्वाल बनाएर दुरविनको माध्यमबाट अप्रेशन गरिएको प्रशासन प्रमुख दाहालले बताए । ढाडको अप्रेशन यसअघि चिरेर गर्ने गरिन्थ्यो, उनले भने । ढाडको तथा नसा च्यापीएको सपस्यामा यो विधि प्रयोग गरिएको थिएन ।

दुरविनको माध्यमबाट ढाडको नसा च्यापिएको अप्रेशन गर्दा सानो घाउ हुँने भएकाले विरामीलाई निकै सहज हुने उनले बताए । सानो घाउ हुँनाले अप्रेशन गरेको दिन अथवा भोलिपल्ट नै विरामी घर जान सक्ने चिकित्सकहरु बताउँछन् । अप्रेशनपछि निको भएर धिमाल घर फर्किएको अस्पताल प्रशासनले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्