१२ पुष २०८१, शुक्रबार

पुल बग्ने डरले निकै चिन्तित थिए हर्कपुरकाबासिन्दा

कान्छो खवर । आइतबार, आश्विन १३, २०८१

हर्कपुर स्थित सुनकोशी नदिको पुलमाथि बाढी बगेर माटो सहितको लेदो आएको सफाइ गरिदै

गाईघाट  १३  असोज  ।

सुनकोशीमा  आएको बाढी हेरिरहेका  हर्कपुरका बासिन्दाहरु  बाढीको सतह बढेर पुल माथि आउन थाले पछी  बाढीले पुल बगाएर  लैजाने र अर्को बिपत्ति निम्तिन सक्ने अनुमान गरिरहेका थिए ।

उनिहरुले  कोशीमा यती धेरै बाढी आएको कहिले पनि देखेका थिएनन् ।सनिवार अविरल बर्षा संगै सुनकोशीमा भीषण बाढी आएको र पानी पुल माथि बाटै बग्न थाले पछि उनिहरु   पुल बाढीले कुनै पनि बेला बगाउन सक्ने अनुमान गर्दै  डराएर बसेका थिए , तर  पानी पर्न कम हुदै गएपछि पानीको सतह ह्वात्तै घटेर  पुल मुनी पुगे पछि भने उनिहरुको चिन्ता र  डर  बिस्तारै हराउँदै गएको थियोे ।

कोशीको बाढी हेरिरहेका सडक डिभिजन कार्यालय हर्कपुरका लेखा अधिकृत पसुपति कट्टेलले  नदिमा आएको बाढीले कुनै पनि बेला पुललाई बगाएर लान सक्ने अबस्था हुदाहुदै पनि  पुल बग्नबाट बचेको बताए ।

हामि सबैले अब पुल बग्ने भयो भनेर अनुमान गरिरहेका थियौ , बाढी यति धेरै थियोे कि पानी पुल माथि बाट बग्न थाली सकेको थियोे ।  पानीको बहाब पनि निकै उच्च रहेको थियोे । उनले भने  तर भगवानको कृपाले गर्दा  पानी पर्न कमि हुदै गएपछि हामीले सन्तोषको स्वास फेर्यौ  अब त पुल बगाउदै  भनेर ।

सबैले लख काटिसकेको थियोे , अब पुल कुनै पनि हालतमा  बच्न नसक्ने भनेर ।तर  पानी रोकिएर कोशीमा पानीको सतह घट्न थाले पछि  भने सबै खुसी भएको उनले बताए ।

 

कोशीमा यति धेरै बाढी कहिल्यै पनि नआएको स्थानिय समिर चौलागाईंले बताए । हामी जन्मे हुर्केको यही ठाउँमा सुनकोशीमा यति धेरै बाढी कहिल्यै पनि देखेको थिएनौं  ।उनले भने  यो पटक  कहिल्यै नदेखेको बाढी देख्नु पर्यो ।

पुलमाथि देखि पानी बग्न थाले पछि पुल जोगिनेमा सबैले आस मारिसकेका थिए  ।तर  दैबको लीला  पुल बग्न पाएन । अझै  केहि घन्टा मात्र  पानी परेको भए पुल बग्ने निश्चित जस्तै भएको उनलेे बताए ।

 

सगरमाथा राजमार्ग अन्तरगत  ओखलढुंगा जोड्ने हर्कपुर स्थित सुनकोशी  पुल माथि बाट उच्च गतिमा बाढी बग्न थाले पछी सनिवार पुल बग्न सक्ने त्रास हर्कपुरमा फैलिएको थियोे । सुनकोशीको बाढीले उदयपुर र खोटाङ जोड्ने फोक्सिङटारको पुल समेत सनिवार  बगाएको  छ ।

यहाँ कमेन्ट गर्नुहोस्