कान्छो खवर । आइतबार, आश्विन १३, २०८१
फोटो : गणेश
गाईघाट १३ असोज ।
उदयपुरको रौतामाईमा समयमा उपचार नपाएर एक बालकको मृत्यु भएको छ ।रौतामाइ गाउपालिका ६ बासबोटे निगालेका मान बहादुर मगरको ७ बर्षिय छोरा एन्जल मगरको आइतबार दिउसो १ बजे मृत्यु भएको हो ।
सामान्य बिरामी बालकलाई सनिवार उपचारको लागि गाईघाट अस्पताल ल्याउन खोजिएकोमा अविरल बर्षाले बाटो अबरुद्ध हुदा अस्पतालमा ल्याउन नसकिएको मृतकका बाबु मानबहादुरले बताए ।
आज बोकाएर ल्याउदै थियौ , बाटोमा बिरामीलाई केहि असहझ भए पछी नजिकैको खाबु स्वास्थ चौकि ल्याएर राखेका थियौ तर बालकको केहि बेर मै मृत्यु भयो । उनले भने ।
हिजो उपचारकोलागी ल्याउन पाएको भए छोरालाई बचाउन सकिन्थ्यो होला । उनले भने । समयमा उपचार गर्न नपाउदा छोरा गुमाउनु परेको उनले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्