१२ पुष २०८१, शुक्रबार

चतरा स्थित सप्तकोशीले पुर्ब तर्फ कटान तीब्र रूपमा गर्न थाले पछी पुल नजिकका घरहरु जोखिममा

कान्छो खवर । शनिबार, आश्विन १२, २०८१

गाईघाट १२ असोज ।

निरन्तरको बर्षा पछी सप्तकोशीमा आएको बाढीले चतरा पुलको पुर्ब तर्फ सुनसरी क्षेत्रको नदि किनारमा तीब्र रूपमा कटान गर्न थाले पछी सडक आसपासका एक दर्जन घरहरु उच्च जोखिममा परेका छ्न ।

केहि दिन देखि भैरहेको बर्षाको कारण नदिमा आएको बाढीले सनिवार पुर्ब तर्फ कटान तीब्र गतिले गरिएकोले नदि किनार सडक संगै निर्माण भएका घरहरु कुनै पनि बेला भत्कन सक्ने खतरा बढेको छ । सो क्षेत्रमा निर्माण भएका घरहरुमा होटेल पसलहरु सन्चालन हुदै आइरहेका छ्न ।

कोशीमा धेरै बर्ष पछी यति धेरै बाढी आएर नदिको पुर्ब तर्फ कटान तीब्र रूपमा भैरहेको स्थानिय सनबिर राईले बताए ।आज पनि भारी बर्षा भैरहेकोले कटानको उच्च जोखिम बढेको राईले बताए । कोशीको बाढीले पुल आसपासमा कहिल्यै पनि कटान नगरेको तर यो पटक पुर्व तर्फ किनारमा कटान गरिरहेको उनले बताए ।

कोशीले कटान तीब्र रूपमा गर्न थाले पछी अहिले प्रहरीले सो क्षेत्रमा सतर्कता अपनाउन स्थानिय बासिन्दाहरुलाई आग्रह गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्