कान्छो खवर । शुक्रबार, आश्विन ११, २०८१
गाईघाट ११ असोज ।
एमाले नेता शम्भु पौडेलको संयोजकत्वमा १३ सदस्यीय नेपाल रेड्क्रस सोसाइटी उदयपुर तदर्थ समिति गठन भएको छ । समितिको उपसंयोजकमा सिम गुरागाई सचिव सन्तोष कोइराला र कोषाध्यक्षमा देब गिरी रहेका छ्न ।
तदर्थ समितिको सदस्यहरुमा सम्झना राई,पुष्कर खड्का , राजेश कार्की , चन्द्र गिरी, कल्पना ढकाल , राजकुमार राई , भिम जोशी , दुर्गानन्द चौधरी र ध्रुव कोइराला रहेका छ्न ।
रेडक्रस केन्द्रिय महामन्त्री भुपति श्रेष्ठ द्वारा प्रेषित पत्रमा केन्द्रिय कार्यसमितिको ३२५ औं बैठकले ब्यबस्थापन अधिकार प्रत्यायोजन गरे अनुसार ब्यबस्थापन समितिको असोज ९ गतेको बैठक निर्णय अनुसार रेडक्रसको बिधानको दफा ३५ “१” को अधिकारले पौडेलको संयोजकत्वमा ६ महिनाको लागि जिल्ला तदर्थ समिति गठन गरिएको छ , उल्लेख गरिएको छ ।
उक्त पत्र असोज १० गते प्रेषित गरिएको छ । तदर्थ समितिको संयोजक सहित सबै सदस्यहरुलाई शुक्रबार केन्द्रिय महामन्त्री श्रेष्ठले जिम्मेवारी दिएको पत्र दिएका छ्न ।