कान्छो खवर । बिहिबार, आश्विन १०, २०८१
गाईघाट १० असोज ।
कोशी ब्यारेजको सप्तकोशीमा बिहिवार साझ झरेको यात्रुबाहक बसको सबै यात्रुहरुलाई सकुशल उद्घार गरिएको छ ।
बिराटनगर देखि गाईघाट तर्फ आउदै गरेको को १ ज ४६० नम्बरको नरसिह ट्राभल्सको बस कोशी ब्यारेजको ३५ नम्बरको ढोका अगाडीबाट साझ ६ बजे कोशी नदिमा झरेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर भएको दुर्घटनामा प्रहरीले कुनै मानबिय क्षति नभएको जनाएको छ ।
बस झरेको ठाउँमा बालुवाको थुप्रो रहेकोले कुनै मानबिय क्षेति नभएको र बसका यात्रुहरु सामान्य घाइते भएको हिमाली यातायात प्रालि उदयपुरका महासचिव उमेश बस्नेतले बताए ।
गाडीका चालक चन्दन कुमार मेहतालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्