कान्छो खवर । बिहिबार, आश्विन १०, २०८१
गाईघाट १० असोज ।
३ बुदे माग राखेर क्याम्पसमा तालाबन्दी र हडतालमा उत्रने बरुवा क्याम्पस नेपाल विद्यार्थी संघ ईकाइले स्थानिय तह र क्याम्पस प्रशासनलाई भदौ २८ गते बिज्ञप्त्ति मार्फत गराएको ध्यानाकर्षणको सुनुवाइ भएको छ ।
नेबिसंघको उक्त मागलाई बिहिवार बरुवा क्याम्पस प्रशासनले पुरा गर्ने लिखित सहमति जनाए पछी नेबिसंघ क्याम्पस ईकाइले हडताल र क्याम्पसमा तालाबन्दि गर्ने काम स्थगित गरेको बिज्ञप्त्ति मार्फत जनाएको छ ।
ईकाइ सभापति अजिब पराजुली द्वारा हस्ताक्षरित बिज्ञप्त्तिमा बुदा नम्बर १ को माग सम्बन्धमा क्याम्पस प्रशासनले क्याम्पस हातामा रहेकोे घरहरुलाई ब्यबस्थित गर्दै लैजाने , परीक्षा शुल्क १ हजार ५ लाई घटाएर १ हजार २ सय कायम गर्ने र छात्रवृत्ति वितरण पारदर्शि गर्न विभिन्न माध्यमबाट सूचना प्रकासन गरेर जेहेन्दार तथा बिपन्न बर्गका छात्रछात्राहरु वितरण गर्ने सहमति भएको उल्लेख गरिएको छ ।