११ पुष २०८१, बिहिबार

त्रियुगा नगरपालिकाले जितिया पर्बमा भोलि बुधबार सार्बजनिक बिदा दिने

कान्छो खवर । मंगलबार, आश्विन ०८, २०८१

गाईघाट ८ असोज ।

त्रियुगा नगरपालिकाले थारू समुदायको महान पर्ब जितियामा बुधबार सार्बजनिक बिदा दिएको छ ।प्रमुख प्रशासकीय अधिकृत बिष्णुभक्त सिग्देल द्वारा मंगलबार जारी सार्वजनिक सूचनामा बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

सूचनामा नगरपालिका र मातहत सबै वडाकार्यलय , शैक्षिक सस्थानहरु र आकस्मिक सेवा बाहेक सबै स्वास्थ सस्थाहरुमा बिदा दिने निर्णय गरिएको उल्लेख छ ।नगरपालिकाले जितिया पर्बमा प्रत्येक बर्ष बिदा दिदै आइरहेको छ ।

थारू समुदायको बाक्लो बसोबास रहेकोे त्रियुगामा जितिया पर्ब निकै धुमधामको साथ मनाउने गरिन्छ । यो बर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरि जितिया पर्ब मनाउन लागिएको थारु कल्याणकारी सभा उदयपुरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्