११ पुष २०८१, बिहिबार

बेलकाको सेती खोलामा मलामी चडेको बस दुर्घटना , २६ जना घाइते

कान्छो खवर । मंगलबार, आश्विन ०८, २०८१

फोटो : सुमन

गाईघाट ८ असोज ।

मलामी बोकेर फर्किदै गरेको बस बेलकाको सेती खोलामा मंगलबार दिउसो दुर्घटना भएको छ । बेलका नगरपालिका ५ घुम्नेबाट मलामी गएर फर्किदै गरेको प्रदेश १ -०२-००१ ख ८२५३ नम्बरको न्यु कृष्ण ट्राभल बस दिउसो सोही नगरपालिका ८ सेती खोलामा अनियंत्रित भै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २६ जना घाइते भएकोमा १७ जनाको बेलका नगर अस्पतालमा र गम्भीर घाइते ९ जनाको धरानस्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

घुम्नेका भद्रमाया पौडेल र लक्ष्मण कटुवालको मलामी गएर फर्किदै गरेको बस दिउसो पौने १ बजे आफै अनियंत्रित भएर दुर्घटना भएको स्थानिय सनबिर राईले बताए ।

गाडीमा कति मलामी चडेको थियोे भन्ने बारे बिस्तृत विवरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।गाडीका चालक समेत घाइते भएकोले दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्