११ पुष २०८१, बिहिबार

सोरुङछबिसे हत्या काण्डको अभियुक्त पक्राउ पछी सार्वजनिक

कान्छो खवर । शुक्रबार, आश्विन ०४, २०८१

गाईघाट ४ भदौ ।

प्रहरीले कटारी नगरपालिका १० सोरुङ छबिसेमा २० दिन अघि भएको आमा छोरा हत्या काण्डको अभियुक्तलाई शुक्रबार सार्बजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त हत्या काण्डमा सङ्लग्न भएको आरोपमा सोरुङछबिसे १० का ३२ बर्षिय तारा मगरलाई पक्राउ गरेर सार्बजनिक गरिएको हो । मगरले आमा छोराको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

पेसाले ट्याक्टर ब्याबसायि मगरले आफनै ट्याक्टर चलाउने गरेका थिए । उनले सोही ठाउकी ३७ बर्षिया निर्मला थापा र उनकी छोरा ६ बर्षिय आरुस थापाको हत्या गरेको स्वीकार गरेका छ्न । भदौ १९ गते राति उनले आमा छोराको हत्या गरेको प्रहरीले जनाएको छ । मगरले धारिलो हतियार प्रयोग गरेर आमा छोराको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको एसपि हरिहर नाथ योगीले बताए ।

प्रहरी अनुसन्धानले मगर र मृतक बीच अबैध सम्बन्ध रहेको खुलेको छ।अबैध सम्बन्ध कै कारण मगरले महिलाको हत्या गरेको उनले बताए ।

श्रीमानले अर्की महिला लिएर भारत गए पछी महिला गाउमै सामान्य पसल चलाएर बसेको बेला मगर सङ उनको सम्बन्ध बाक्लिएको गाउलेहरुले बताएका छ्न ।ऊनीहरुको अबैध सम्बन्ध मगरको श्रीमतीले पनि थाहा पाए पछी मृतक सङ पनि झगडा परेको सोरुङका शंकर श्रेष्ठले बताए । घटनाको दिन पनि मगर र उनकी श्रीमती बीच मृतकको विषमा झगडा भएको रहेछ ।उनलेे भने ।

आमा छोराको हत्या गरी भोलि पल्ट मगर घटना स्थलमा पुगेका थिए ।हत्या गरि उनि कतै नगई गाउमै बसेको शंकरले बताए ।हत्या काण्ड बारे कसैले जानकारी नपायोस भनेर गाउमै उनि बसेको उनले बताए ।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बाट डिएसपी नेतृत्वको टोलिले लगातार २० दिन देखि गरेको अनुसन्धान पछी बुधबार मगरलाई प्रहरीले पक्राउ गरेको थियोे ।उनले प्रहरीलाई आफुले आमा छोराको हत्या गरेको स्वीकार गरे पछी बिहीबार जिल्ला प्रहरी कार्यालयमा मगरलाई ल्याइएको थियोे ।

उनले मृतक महिला सङ अबैध सम्बन्ध रहेको र प्रमाण नस्ट गर्नको लागि दुबैको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको एसपि योगीले बताए ।

गत भदौ २० गते पसलमा आमा छोराको हत्या भएको अबस्थामा शब फेला परेको थियोे ।बिहान पसलमा आउने ग्राहकहरुले दुबै जनाको शब देखेर प्रहरीलाई जानकारी गराएको थियोे ।

अदालतबाट ७ दिनको म्याद थप गरि हत्या काण्डको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्