कान्छो खवर । आइतबार, भाद्र ३०, २०८१
गाईघाट ३० भदौ।
उदयपुरको घुर्मी बजारमा सोमबारदेखि नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा सन्चालनमा आउने भएको छ । उदयपुर , खोटाङ , सिन्धुली , ओखलढुंगा र सोलुखुम्बु जिल्लाको तल्लो भेगको बासिन्दाहरुलाई लक्षित गर्दै बैंकले शाखा कार्यालय सन्चालनमा ल्याउन खोजेको हो ।
कटारी नगरपालिका १४ मा रहेको घुर्मी बजार पछिल्लो समय पहाडी भेगको आर्थिक कारोबार गर्ने प्रमुख थलोको रूपमा देखिन थालेको छ। कोशी प्रदेशको ४ जिल्लाको प्रवेशद्वारको रूपमा रहेकोे उक्त बजारमा अहिले ३ सयको हाराहारीमा साना ठुला पसल रहेका छ्न ।
कुनै बैंकको शाखा नरहेको अबस्थामा इन्भेस्टमेन्टले पहिलो पटक एटीएम सेवा सहितको शाखा खोलेर सेवा सुरु गर्न लागेको गाईघाट शाखाकी उपप्रबन्धक करुणा थापाले बताइन् । सोमबार विशेष कार्यक्रम गरेर शाखा सन्चालन हुने उनले बताइन् ।
यहाँ कमेन्ट गर्नुहोस्