कान्छो खवर । सोमबार, भाद्र २४, २०८१
गाईघाट २४ भदौ ।
बरुवा क्याम्पस गाईघाटले त्रियुगा नगरपालिका विरुद्ध आन्दोलन गर्ने तयारी गरेको छ। नगरपालिकाले बरुवा क्याम्पसको नाममा नापी गरिएको ३ बिगाह ९ कठ्ठा जग्गा दर्ता प्रक्रिया अघि नबढाउदा क्याम्पसको नाममा जग्गा दर्तामा ढिलाइ भै लालपुर्जा पाउनबाट बन्चित भएको भन्दै सोमबार क्याम्पस संचालक समितिका अध्यक्ष बलदेब चौधरीले बिज्ञप्त्ति मार्फत नगरपालिका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
बिज्ञप्त्तिमा क्याम्पसको नाममा पुर्जा नहुदा बिश्व बिध्यालय अनुदान आयोगबाट करोडौं रुपैयाँको भौतिक पुर्बाधार अनुदान प्राप्त गर्न नसकीएको र नगरपालिकाले हालसालै क्याम्पस परिसरको जग्गा आफू खुशी मनोमानी ढंगले वितरण गर्न खोजेको अबस्थामा क्याम्पसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
उक्त समस्याको समाधानको लागि नगरपालिकालाई १ महीनाको समयावधि दिने र सो पश्चात् पनि उक्त समस्याको समाधान नभएमा संबंधित पक्ष मिलेर चरणबद्व रूपमा आन्दोलन सशस्क्त बनाइ अन्य संबंधित निकायहरुलाई ध्यानाकर्षण गराइने जारी बिज्ञप्त्तिमा उल्लेख छ।