कान्छो खवर । आइतबार, माघ १६, २०७८
माघ १६ काठमाडौं ।
राष्ट्रियसभाको बैठक स्थगित भएको छ । माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएकाे हो । संघीय संसदका महासचिव डा. भरतराज गौतमले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम(३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।
यस्तै, संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार बेलुका सूचना निकालेर १० दिनसम्मका लागि स्थगित गरेको छ । यस्तै, संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार बेलुका सूचना निकालेर १० दिनसम्मका लागि स्थगित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोध र कोरोना महामारीका कारण संसदका दुवै सदनको बैठक बस्न सकेको छैन् ।
यहाँ कमेन्ट गर्नुहोस्