१२ पुष २०८१, शुक्रबार

फरार सुचिमा रहेका ५ प्रतिवादी पक्राउ

कान्छो खवर । आइतबार, भाद्र २३, २०८१

गाईघाट २३ भदौ ।

अदालतबाट कैद जरिवानाको फैसला भएर लामो समय देखि फरार रहेका ५ जना प्रतिवादी सनिवार पक्राउ परेका छ्न ।

विभिन्न मुद्दामा अदालतबाट सजायको फैसला भै फरार रहेका उनिहरुलाई प्रहरीले घरमा लुकेर बसेको बेला पक्राउ गरेको हो ।पक्राउ परेका उनिहरुलाई जिल्ला अदालत उदयपुरले कैद र जरिवानाको फैसला गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा खम्बराज खत्री गालिब्यजति मुद्दामा , सुकदेब चौधरी कुटपिट र लूटपाट मुद्दामा , प्रभादेभी चौधरी कुटपिट र लूटपाट, जयदेब चौधरी चेक अनादर र प्रदिप चौधरी चेक अनादर मुद्दामा कैद र जरिवानाको सजाय पाएर फरार सुचीमा रहेका थिए । नया एसपि आएपछि फरार सुचीमा रहेका प्रतिवादी पक्राउ परेको हो यो नै पहिलो हो।

पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनको लागि आइतबार अदालत उपस्थिति गराएर जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्