०२ माघ २०८१, बुधबार

जनता नमूना माबि गुरुङचौरीले अबिभाबकहरुसङ अन्तरकृया गर्दै

कान्छो खवर । बुधबार, भाद्र १९, २०८१

गाईघाट १९ भदौ ।

बिध्यालयको शैक्षिक सुधारको लागि जनता नमूना माध्यमिक बिध्यालय गुरुङचौरीले भदौ २५ गतेदेखि अबिभाबकहरुसङ अन्तरकृया गर्ने भएको छ।

विभिन्न मिति पारेर छुट्टाछुट्टै कक्षामा अध्यनगर्ने बिध्यार्थिहरुका अबिभाबकहरुसङ शैक्षिक सुधारको बिषयमा अन्तरकृया गरिने र उनिहरुको सुझाव अनुसार शैक्षिक गतिविधि अगाडि बढाइने बिध्यालयका प्रध्यानापक समर राईले बताए ।

उनले भदौ २५ गतेको लागि नर्सरी, एलकेजी र युकेजीमा अध्यनरत बिध्यार्थिहरुको अबिभाबकहरु सङ अन्तरकृयाको कार्यक्रम बताए । भदौ २६ गते १,१ र ३ कक्षा २७ गते ४,५,६ २८ गते ७,८ र ९,१० कक्षामा अध्यनरत बिध्यार्थिहरुको अबिभाबकहरुसङ अन्तरकृया गरिने कार्यक्रम रहेको बताए ।

त्यसैगरी बिध्यालयका छात्रछात्राहरु र उनिहरुको अबिभाबकहरुको लागि ३० र३१ र असोज १ गते निशुल्क आखा जाच शिबिर समेत सन्चालन गरिने उनले बताए ।शिबिरमा बिरामीहरुलाई निशुल्क औषधि र लेन्स उपलब्ध गराइनुको साथै मोतियाबिन्दुको अपरेसन समेत निसुल्क गरिने प्रअ राईले बताए ।

आखा शिबिरको लागि नब दृस्टी आई हस्पिटल प्रालि इटहरीको सहयोग रहेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्