नमिता राई आइतबार, माघ १६, २०७८
१६ माघ विराटनगर । मोरङ र झापाको दुई छुट्टा छुट्टै स्थानमा लडेर २ जनाको मृत्यु भएको छ । हिजो दिउसो सँवा १२ बजे मोरङ मिक्लाजुङ गाऊपालिका ४ दैत्य स्थित सिरान जंगलमा खिरीको रुखमा चढि घास काट्ने क्रममा सोही स्थानका ४८ बर्षीय धन ब.बिश्वकर्माको लडेर मृत्यु भएको छ ।
यसै गरी हिजै साढे १ बजे झापा मेचिनगर नगरपालिका ३ दुधे गोलाटार का ४२ बर्षीय मेघेन्द्र बिक सोही स्थानमा रहेको लाम्पातेको रुखको हागा झार्ने क्रममा लडि गम्भिर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो बेलुका पौने ३ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्