०२ माघ २०८१, बुधबार

द्वारखोलाको पक्की पूलको बीच भागको ढलान भत्किन थाल्यो

कान्छो खवर । बिहिबार, भाद्र १३, २०८१

फोटो : अन्जनी

गाईघाट १३ भदौ ।

मदन भण्डारी राजमार्ग अन्तरगत बेल्टार बजारस्थित द्वारखोलामा रहेकोे पक्की पुल बीचमा ढलान गरिएको ठाउमा भत्किन थालेछ। पुलको ढलान भत्किएर भित्री भागमा बिछ्याइएको फलामे डन्डी देखिन थालेको छ ।

पूल भएर आबतजाबत गर्ने साना हलुका सवारी साधनहरु लाई भने भत्किन थालेको उक्त ठाउबाट सवारी चलाउन केहि समस्या हुने गरेको छ।गाईघाट बेल्टार बजार नियमित अटो चलाउदै आएका चालक प्रेस कार्कीले पूलको बीचमा ढलान भत्किन थालेकोले गाडी चलाउन केहि असहज हुने गरेको बताए ।

उनले अहिले सम्म कसैले भत्किएको ठाउँमा मर्मत सम्भार नगरेको उनले बताए । हामीले नगरप्रमुखलाई समेत पुल भत्किन थालेको बारे जानकारी गराएका छौ , उनले भने ।

मदन भण्डारी राजमार्ग हेर्ने जिम्मेवारी पाएको गाईघाट दिक्तेल सडक योजना कार्यालय गाईघाटका इन्जिनियर नारायण थापाले आफुलाई पूल भत्किएकोबारे आफुलाई केहि थाहा नभएको बताए ।

निर्धारीत समय अघि नै पूल निर्माण गरेको कारण उक्त पूल निर्माण गर्ने कम्पनीका प्रोपाईटरलाई सरकारले सम्मानित गरेको थियोे ।

यहाँ कमेन्ट गर्नुहोस्