०२ माघ २०८१, बुधबार

सरकारी गाडीको दुरुपयोग रोक्ने अभियानमा युबाहरु जुट्दै

कान्छो खवर । आइतबार, भाद्र ०९, २०८१

गाईघाट ९ भदौ ।

बिदाको दिनमा सरकारी सवारी साधनको दुरुपयोग हुने क्रममा वृद्धि भए पछी युवाहरूको समूहले दुरुपयोग रोक्न निगरानि सुरु गरेका छ्न । मदन भण्डारी राजमार्गको विभिन्न सडक खण्डमा बसेर उनिहरुले निगरानि सुरु गरेकै दिन सनिवार ६ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छ्न ।

हामीले समुह बनाएर सरकारी सवारी साधनको दुरुपयोग रोक्ने अभियान सुरु गरेका छौं । अभियानका प्रमुख नारायण दाहालले भने ।अहिले हाम्रो टोलिमा १० जना जोडिएका छ्न, हिजो मात्रा धेरै सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाइ बुझाइ गरेर एक पटककोलागि छोडेका छौ ।दाहालले भने ।

सनिवारको बिदाको दिनमा पनि गाडी दुरुपयोग गर्दै कर्मचारीले आफन्त , परिबारका सदस्य , श्रीमती र गाउलेहरुलाई चढाएर घुमघाममा निस्किएको पाईएको उनले बताए । अब भने हामी अझै कडा अभियानमै लाग्ने तयारीमा छौं ।दाहालले भने ।

सरकारी गाडीको दुरुपयोग रोक्न संबंधित निकायबाट कुनै पहल कदमि नभए पछि स्थानिय प्रहरी प्रशासनलाई जानकारी गराएर अभियान सुरु गरेको उनले बताए । अब गाडी लिएर हिड्ने कर्मचारीलाई मात्र हैन सवारी साधन दिने प्रमुख कर्मचारीलाई समेत कार्यबाहि गर्छौ ।दाहालले भने ।

सडकमा बसेर गाडी नियन्त्रण लिनेे क्रममा सनिवार आफुहरुमाथि कर्मचारी द्वारा दुव्र्यवहार भएको समेत उनले बताए ।मादक पदार्थ सेबन गरेका कर्मचारीले गालि गलौज गर्दै आफुहरुलाई हतोत्साहित गर्न खोजेको समेत उनले बताए । तर हामी कुनै पनि हालतमा पछि हट्नेवाला छैनौं ।उनले भने ।

उनले पहिलो दिन त्रियुगा नगरपालिका , रौतामाई र उदयपुरगढि गाउपालिकाको सवारी साधन नियन्त्रणमा लिएको बताए । रौतामाईका कर्मचारीहरु शुक्रबार ११ बजे नै हाजिर गरेर कार्यलयबाट हिड्ने गरेकोले अब कार्यालय समय अगाडि हिड्ने कर्मचारी विरुद्ध पनि अर्कै अभियान संचालन गरिने तयारी भैरहेको दाहालले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्