कान्छो खवर । शनिबार, भाद्र ०८, २०८१
गाईघाट ८ भदौ ।
खोटाङमा नदिमा डुबेर दुई बालकको मृत्यु भएको छ। ऐसेलुखर्क गाउपालिका १ राखाबाङदेल स्थित चङ्खु खोलामा शुक्रबार दिउसो नुहाउने क्रममा बर्ष ९ का राज राई र बर्ष १० का अर्जुन राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानिय जनहित प्राबिमा अध्यनरत उनिहरुको दिउसो बिध्यालय छुट्टी भएर घर फर्कने क्रममा बाटो पर्ने उक्त नदिमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक बेनु कार्कीले बताए । मृतक राज कक्षा ४ मा र अर्जुन ५ कक्षामा अध्यनरत थिए ।
मृतक दुबै बालकको शब पोस्टमार्टम पछि परिबारलाई बुझाइएको प्रहरीले जनाएको छ । बिध्यालयले उनिहरुको मृत्युको शोकमा आइतबार बिध्यालय बिदा गर्ने निर्णय गरेको छ।
यहाँ कमेन्ट गर्नुहोस्