०२ माघ २०८१, बुधबार

पुर्बाधार बिकास कार्यालयको गत बर्ष ७७ प्रतिशत भौतिक प्रगति

कान्छो खवर । शुक्रबार, भाद्र ०७, २०८१

तोरीबारी स्थित त्रियुगा नदिमा पक्की पूल

गाईघाट ७ भदौ ।

भौतिक पुर्बाधार कार्यालय उदयपुरले गत आर्थिक बर्षमा भौतिक पुर्बधारको काममा ७७ प्रतिशतले प्रगति हासिल गरेको छ। उदयपुर र खोटाङ दुई जिल्ला हेर्दै आएको कार्यालयले ७५ प्रतिशत बित्तीय प्रगति गरेको कार्यालय प्रमुख डिइ ललित कुमार चौधरीले बताए ।

गत बर्ष ७६.१ किमि सडक ग्राभेल ,६८.६ किमि कच्ची सडक निर्माण ,२ किमि आरसिसि ढलान ,३.२ किमि सोलिङ र ५.१ किमि सडक कालो पत्रे गरिएको छ। त्यसै गरि २ वटा मोटरेबल पूल र १७ वटा झोलुङे पूल निर्माण भएको छ।

बहुबर्शिय सडक निर्माणमा २ वटा सडक निर्माणको काम भएकोमा ४८.२ किमि सडक निर्माण गरिएको छ। गत बर्ष नंया योजनामा २३ किमि बाटोको ट्याक खोलिएको छ।

लामो समय देखि रोकिएको चतरा – मैनामैनि भोजपुर जोडिने सडक गत बर्ष देखि निर्माणको काम सुरु भएको छ। प्रदेशले पुर्बाधार कार्यालय उदयपुरलाई सडक जिम्मा लगाए पछी गत बर्ष १२.५ किमि सडक निर्माणको काम पुरा भएको डिई चौधरीले बताए । गत बर्ष काम गरे बापत उक्त सडक निर्माणको जिम्मा पाएको कान्छाराम जेभि प्यासिफिक इन्जिनियरिङले १ करोड १५ लाख भुक्तानी लिएको उनले बताए ।

कालिखोला- तोरीबारीस्थित त्रियुगा नदिमा पक्की पुल समेत निर्धारित समय भन्दा अगाडि नै पुरा भएको छ। निर्माण कार्यको समय ९ महिना बाकी रहदै नदिमा पुल निर्माण भएर यातायात सेवा समेत सुचारु भएको प्रमुख चौधरीले बताए ।

गत बर्ष बर्षा र पहिरोले गर्दा काममा केहि गतिरोध उत्पन्न भएको भए पनि सबैको प्रयासबाट काम सप्पन्न हुन सकेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्