कान्छो खवर । बिहिबार, भाद्र ०६, २०८१
गाईघाट ६ भदौ ।
त्रियुगा नदिबाट अबैधरूपमा बालुवा उत्खनन गरि चोरीनिकासी गर्ने कार्यमा सङ्लग्न २ वटा ट्याक्टर सहित चालक पक्राउ परेका छ्न ।असार , साउन र भदौ तीन महिना खोलानाला उत्खननमा रोक लागेको समयमा नदिबाट अबैध रूपमा बालुवा उत्खनन गरेर बिक्रिको लागि ल्याउदै गरेको अबस्थामा स १ त ६५२७ र प्र-२-०१- त २४०९ नम्बरको ट्याक्टर बुधबार साझ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका दुबै ट्याक्टर र चालकलाई कार्यबाहिकोलागि त्रियुगानपाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्